दफा ६५४
पालनपोषण गरेकोमा दाबी गर्न सक्नेः

कसैलाई पालनपोषण गर्नु पर्ने दायित्व भएको व्यक्तिको जानकारी बिना कसैले त्यस्तो व्यक्तिलाई पालनपोषण गरेकोमा त्यसरी पालनपोषण गर्ने व्यक्तिले त्यस्तो व्यक्तिबाट त्यस वापतको रकम दाबी गर्न सक्नेछ ।

तर निजले पालनपोषण गरिएको व्यक्तिलाई स्नेह वा अनुग्रह देखाई पालनपोषण गरेकोमा वा त्यस वापत रकम दाबी नगर्ने मनासायले पालनपोषण गरेकोमा त्यस्तो रकम दाबी गर्न सकिने छैन ।